विराटचोकः सुन्दरहरैंचाको मेयरमा नेकपा एमाले विजय भएको छ । एमालेका तर्फबाट उम्मेदवार बनेका केदारप्रसाद गुरागाई दोस्रो चुनावी दौडमा विजयी भएका हुन् ।

उनले निर्वतमान मेयर नेपाली कांग्रेस सहितको गठबन्धनका तर्फबाट मेयर पदमा दोस्रो कार्यकालका लासिग उम्मेदवारी दिएका शिबप्रसाद ढकाल पराजित भएका हुन् ।

गुरागाईले २१४०५मत ल्याउँदा नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २०६७८ मत ल्याएका छन् । गुरागाईले ढकाललाई ७२७ मत अन्तरले पराजित गरेका हुन् । उपमेयरमा पनि एमालेकी अक्कली चौधरीको भारी मत अन्तरले विजयी भएकी छन् । उनले गठबन्धनका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका नवराज चापाँगाईलाई पराजित गरेकी हुन् ।