लनडनः किराँत राई यायोख्खा युकेले २०७९ सालको उभौंली आफ्नो प्रकृति पूजा को विधि अनुसार मनाएको छ । साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले युके भन्दा पनि उभौंली साकेला मनाउन किराँत राज्यमै आएको महसुस भएको बताए । बेलायतमा आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने कार्य गरेकोमा उनले प्रशंसा व्यक्त गरे ।

किराँतीहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी इतिहास कोरेको भूमि प्रदेश नं १ मा पर्ने भएकाले किरात संस्कृति प्रदेशकै गौरवको विषय भएको बताउँदै उनले किरात संस्कृति र वंशको जगेर्ना गर्न आफू सदा अग्र स्थानमा रहने प्रतिबद्धता व्यक्त गरे ।

WhatsApp Image 2022-05-22 at 11.31.42 AM

कार्यक्रमले पुस्ता हस्तान्तरण गरी आफ्नो वंश नेपाल र नेपाली संस्कृतिको सिर उच्च राख्ने कार्य गरेको बताउँदै उनले भने, नेपालको इतिहास नै किराँत वंश हुँदै आएको हो । यहाँहरूले विश्व जगतमा पनि नेपाल र प्रदेश चिनाउने कार्यले हाम्रो शिर सगरमाथा भन्दा उच्चो बनाइदिनु भएको छ ।’

किरात राई यायोख्खा बेलायतले १४५ रोपनी जमिन आफै खरिद गरेको छ । सो ठाउँमा धनुष बाण सिक्ने जङ्गल, राईहरूको परम्परा अनुसार चूलो देखि साकेला नाच गर्न पुग्ने गरी जमिन रहेको छ । मन्त्री कार्कीले युकेमा बस्ने किरात राईहरूले आफ्नै पसिनाले खरिद गरेर नेपाल सरकारलाई समेत सकारात्मक सन्देश दिएको बताए ।

उनले किरात संस्कृति अनुसार भूमि पूजनसमेत गरे । मन्त्री कार्कीको भनाइ सुनेर उपस्थित सबैले प्रशंसा व्यक्त गरे । त्यहाँका काउन्सिलरका साथै डिपुटी मेयर समेत उपस्थित कार्यक्रमको अध्यक्षता किरात राई यायोख्खाका अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका विभिन्न ३२ वटा सङ्घ संस्था तथा सङ्गठनको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2022-05-22 at 11.31.39 AM WhatsApp Image 2022-05-22 at 11.31.40 AM (2)