इटहरीः बहुसंख्यक थारु जनसंख्या रहेको इटहरी सरकार संचालनका लागि पहिलो पटक थारु समुदायबाट उपमेयर बनेर एमालेकी संगीताकुमारी चौधरीले इतिहास रचेकी छन् ।

उनि १५ हजार मतअन्तरले उपमेयर पदमा ५ बर्षका लागि इटहरीको उपमेयर पदमा विजयी भएकी हुन् । उनले गठबन्धनका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका केशबकुमार विष्टलाई पराजित गरेकी हुन् ।

बहुसंख्यक थारु रहेको इटहरीले थारु महिलालाई उपमेयरको रुपमा पाउन लागेको यो पहिलो पटक हो । सर्वध्वज साँवा मेयर बन्दा रेवतीरमण भण्डारी उपमेयर भएर कार्यभार संचालन गरेको इटहरीमा नयाँ संविधान अनुसारको संघीयतामा गएपछि निकै ठुलो अधिकार सहितको उपमेयरमा लक्ष्मी गौतम निर्वाचित बनेकी थिइन । गौतमको कार्यकाल गत विहिबारबाट सकिइसकेको छ भने नयाँ उपमेयरको रुपमा इटहरीले संगीतालाई इटहरीबासीले पाएका छन् ।

०७४ मा इटहरीले मेयरका रुपमा थारु समुदायबाटै द्धारिकलाल चौधरीलाई पाएको थियो । उनी कार्यकालको अन्तिम दिनसम्म आफ्नै पार्टी भित्र र इटहरी भित्र विवादित नै भए । एमाले पार्टी र इटहरीबासीमा द्धारिकलले लगाएको नकरात्म दाग संगीताले नलागउनेमा इटहरीका सबैले आशा गरेका छन् ।

इटहरी नगरपालिका घोषणापछि पहिलो पटक मेयर उपमेयर पाएको इटहरीमा लामो समय कर्मचारीबाट स्थानीय तह संचालन भयो । २०७४को स्थानीय निर्वाचन पछि भने उपमेयरका रुपमा इटहरीले लक्ष्मी गौतमलाई पाएको थियो । उनको कार्यकाल पनि आफ्नै पार्टीका तर्फबाट मेयर पदका विजयी भएका द्धारिकलाल चौधरीसँगै संघर्ष गर्दै वित्यो ।गौतमको मेयर द्धारिकसंग कयौपटक विवाद भयो । अन्तिम कार्यकालमा द्धारिकलाले गौतमले प्रयोग गर्ने सवारी साधन नै खोसिदिए । 

त्यती मात्रै होइन, ०७९ निर्वाचनको परिणाम आँउदै गर्दा इटहरीमा यारेलको छटपटी भन्दै फेसबुकमा स्टाटस नै लेखिदिए । उनले यारेल भनेर यामकुमार सुब्बा, रेवतीरमण भण्डारी र उनै लक्ष्मि गौतमलाई जनाउ गरे । 

मेयर द्धारिकलाल चौधरी थारु समुदायको प्रतिनिधित्व गर्दै आएको हुनाले अघिल्लो निर्वाचनमा रामै्र मत ल्याएर विजयी बनेका थिए त्यसै लयलाई समात्दै संगीताले पनि बैसाख ३० को निर्वाचनमा राम्रै मत पाउन सफल भइन् तर उपमेयरको रुपमा नगरपालिका छिर्दै गर्दा उनको काँधमा जिम्मेवारी पनि निकै ठुलो आउँदै छ । हुन त एमालेले बहुसंख्यक वडामा जित हाँसिल गरेको हुनाले आफ्नो बहुमत बनाईसकेको छ तर मेयरमा निर्वाचित बनेका हेमकर्ण पौडेलसँगको कार्यकाल संगीताको लागि सहज भने नहुन सक्छ ।