इटहरीः इटहरी उपमहानगरपालिकामा अधिकांश वडाहरुमा एमालेका तर्फबाट उम्मेदवार बनेकाले वडाध्यक्षमा शानदार विजयी भएपनि मेयर पदमा भने यामकुमार सुब्बाको पराजय निश्चित भएपछि एमालेको नेतृत्व गर्ने नेताहरुको नैतिकता माथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा अनेका खालमा टिप्पणी शुरु भएको छ ।

केही बेर अघि मात्रै एमालेका तर्फबाट मेयरको टिकट लिने दौडमा रहेर पछि नपाएका इटहरी खानेपानी अध्यक्ष समेत रहेका रामप्रसाद चौलागाईले पार्टीका जिल्ला अध्यक्ष तथा इटहरी नगर इन्र्चाज रेवतीरमण भण्डारीलाई राजनितिबाट सन्यास लिएर घर सम्हाल्न आग्रह गर्दै फेसबुकमा स्टाटस हालेका छन् ।

उनले आफ्नो एकाउन्टबाट केही बेरअघि मात्र लेखेका छन्‘सुनसरी जिल्ला अध्यक्ष र इटहरी नगर इन्चार्ज रेवतीरमण भण्डारी कमरेड सवै जिम्मेवारीबाट राजीनामा दिई राजनितीबाट सन्यास लिनुहोस् । घर सम्हाल्नु होस् ।’ यो स्टाटसबाट चौलागाईले भण्डारीले आफ्नो घर पनि सम्हाल्न नसकेको आरोप लगाएका छन् ।

त्यती मात्रै होइन, सो स्टाटस पोष्टमार्फत मेयर पदका उम्मेदवार यामकुमार सुब्बा पराजय हुनु, उपमेयर पदकी उम्मेदवार संगीताकुमार चौधरी भारीमत अन्तरले विजय नजिक पुग्नु र अधिकांश वडाहरुमा एमालेका उम्मेदवार प्यानलै विजयी हुनु तर्फ संकेत गर्दै चौलागाईले भण्डारीको नेतृत्व नै असफल भईसकेको इंकित समेत गरेका छन् ।

रामप्रसाद चौलागाईले टिकटका लागि आफ्नो नाम दोस्रो पटक केन्द्रमा सिफारिस हुँदा आफुले यसपटक टिकट नपाए प्रतिक्रिया बिहिन भएर नबस्ने बताएका थिए । उनले प्रदेश पोर्टलकर्मीसंग कुरा गर्दै भनेका थिए निर्वाचनपछि परिणाम आउँदा मेयर पदका उम्मेदवार हारे, त्यसको दोषी आफुलाई दिन मिल्दैन । त्यसको सबै जवाफ नेतृत्वकर्ताले दिनै पर्छ । नभन्दै उनले उनले टिकट पनि पाएनन् । उनको ०७४ सालमा पनि मेयरको दावेदारीका लागि पार्टीले केन्द्रमा नाम सिफारिस गरेको थियो । अनि समाजिक सञ्जाल मार्फत ब्राम्हण कुलमा जन्मिएर आफुले ठूलो भूल गरेको भन्दै फेसबुकमा स्टाटस नै लेखे ।

281471400_766944291340241_8967537756848524258_n


चौलागाईको पछिल्लो यो फेसबुक स्टाटस पोष्टमाथि प्रतिक्रिया दिदै सहि भनेका छन् । कतिपयले एमालेका मेयर पदका उम्मेदवार पराजय हुनुमा भण्डारीको मात्र दोष नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बचाउ पनि गरेका छन् । एमालेका कार्यकर्ता माधव पोख्रेलले अब रेवती कामरेड मात्र होइन ,साँवा कमरेड ,चौलागाईं कमरेड ,चौधरी कमरेड ,बस्नेत कमरेड ,गौतम कमरेड सहित धेरैले घर सिंगारे हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् । उनि लगत्तै थप लेखेका छन्‘नेताहरू सुर्यबाट जितेर रुखलाई प्रम बनाउने ,जनताले रुखमा भोट हाल्दा रेवतीले राजीनामा दिन पर्ने ? आफ्नो वार्डमा के के गर्यौ साथी ? त्यो पनि लेखन ।’

चौलागाईले पोष्ट गरेको स्टाटसमा प्रतिक्रिया दिने क्रममा चौलागाईप्रतिश इंकित गर्दै शालिकराम काफ्लले लेखेका छन् ‘एमालेलाई किन भोट हाल्ने , भोट हाल्नु पर्ने कारण के भनेर हिड्नेले चाही राजिनामा दिनु पर्दैन ?’

लगत्तै कृष्ण तिम्सिना लेख्छन्‘अब राजनीतिको परिभाषा र बुझाई परिवर्तन गर्ने बेला भयो । भोलीका दिनमा यो ईटहरीमा पनि हर्क र बालेनहरु जन्मन सक्छन् । गम्भीर रुपमा समीक्षा गर्नु पर्यो ।’

केहीले चौलागाईलाई यस्तो कुरा सामाजिक सञ्जालमा लेखेर पार्टी भित्रको विवाद र आन्तरिक कुरा बाहिर ल्याउनुको साटो पार्टी भित्रै बहसको बिषय बनाएर छलफल गर्न सुझाएका पनि छन् । कतिले चौलागाईको फेसबुकमा स्टाटस लेख्ने र बिहानसम्म डिलिट गर्ने विगतका बानीका कारण बिहान त यो स्टाटस डिलिट हुँदैनन नि ? भन्ने प्रश्न पनि गरेका छन् । उनले जवाफमा हुँदैन भनेका छन् ।

यसअघि चौलागाईले टिकट नपाएपछि आफ्नो फेसबुक एकाउन्टबाट आफु बाहुँन परिवारमा जन्म लिनु ठूलो पाप हो ? भन्ने प्रश्न गर्दै स्टाटस हालेका थिए । उनले केही मिनेटको फरकमा सो बेला ३ वटा स्टाटस पोष्ट गरेका थिए । तर, भोलिपल्ट बिहानै डिलिट गरेका थिए ।

उनले पछिल्लो पटक नेतृत्वलाई नै कडा प्रश्न तथा सुझाव सहित गरकोृ टिप्पणी र निर्वाचनको मतगणना चलिरहेका बेला निर्वतमान मेयर द्धारिकलाल चौधरीले ‘इटहरीमा यारेलको छटपटी’ भन्दै फेसबुकमा लेखेको स्टाटसले एमाले इटहरी भित्र नेताहरु बीचमै बेमेल हुँनुको साथै चरम असन्तुष्टि र गुटबन्धी बढेर गएको पुष्टि नै गरिसकेको छ ।

281361970_579166086799038_9190451416047709720_n