बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार रमेश कार्कीले बाजी मारेका छन् । एउटा वडाको मतगणना सुरु नहुँदै तीन हजार बढी मतान्तरले अग्रता लिएका कार्कीको चुनाव जितको निश्चित भएको हो ।

११ वटा वडा रहेको नगरमा ६ वडाको मतगणना सुरु हुन बाँकी छ । ४३ हजार ५७ खसेको मतमा हालसम्म ३९ हजार ९ सय ९७ मतको गणना सम्पन्न भैसक्दा रमेश कार्कीले ३ हजार ८ सय १ मतले अग्रता लिएपछी जीतको निश्चित भएको हो ।

हालसम्म गठबन्धनका उमेदवार कार्कीले १४ हजार ८ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार निलम खनालले ११ हजार ३९ मत ल्याएका छन् ।
यता नगर उपप्रमुखतर्फ भने नेकपा एमालेकी नन्दाकुमारी राई गठबन्धनका उमेदवार अमित गौतम भन्दा अगाडि रहेकी छन् । उनको पनि जीत निश्चित रहेको निर्वाचन अधिकृतले जारी गरेको मतगणना परिमाणले प्रष्ट्याएको छ ।