धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क सम्पाङले २ हजारबढी मतले अग्रस्थानमा छन् ।

उनले ४३५२२ गनिसक्दा १३६३१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ११५६७ मत प्राप्त गरेका छन् । उनि हर्कभन्दा २०६४ मतले पछाडि छन् ।

एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी मञ्जु भण्डारीले ९४४३ मत प्राप्त गरेकी छन् ।

उपमेयर तर्फ भने गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १३६६७ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वो लिम्बूले १२७५४ प्राप्त गरेका छन् । लिम्बूभन्दा बेघा ९१३ मतले अगाडि छन् । धरानमा मतगणना जारी नै छ ।