धरानः धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईलाई १६०० मतको फराकिलो अन्तरले अग्रस्थानमा छन् ।

केही बेरअघिसम्मको ताजा परिणाम अनुसार लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका स्वतन्त्र मेयर पदका उम्मेदवार हर्कले १२८०५ मत प्राप्त गरेका छन् । उनले भन्दा १६०० मत कम हुने गरि गठबन्धनका मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ११२०५ मत प्राप्त गरेका छन् ।

Artboard 10 (1)

४१५८७ मत गणना भईसकेको धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएकी मञ्जु भण्डारीले ९१४८ मत प्राप्त गरेकी छन् ।
उपमेयर पदकामा गठबन्धनका अइन्द्र विक्रम बेघाले १३०३२ मत प्राप्त गरि अग्रस्थानमा छन् । एमालेका पदम इस्वो लिम्बूले १२३१६ मत प्राप्त गरेका छन् ।

281266523_10217377900959638_8109099884343330864_n