इटहरीः रामधुनी नगरपालिकामा नगरप्रमुख शंकरलाल चौधरीले कार्यभार सम्हालेसँगै नवनिर्वाचित जनप्रतिनिधिलाई योजना निर्माण, सेवा प्रवाह, विकास निर्माण र सुशासन सम्बन्धि ३ दिने तालिम संचालन गर्ने निर्णयमा सदर गरेका छन् ।

रामधुनी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन सिंगियामा शुक्रबार कार्यभार सम्हालेलगत्तै नगरपालिकाकी सहायक पाँचौ मुना पोखरेलले पेश गरेको टिप्पणीलाई सदर गर्दै नगरप्रमुख चौधरीले सुशासन र पारदर्शी प्रसाशनका लागि जनप्रतिनिधिलाई तालिम दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

कार्यकक्षमा कार्यभार सम्हाल्नु अघि सपथ ग्रहण कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख चौधरीले रामधुनी नगरलाई पाँच पिलर मोडेल अनुसार विकास अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय रामधुनीले आयोजना गरेको प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा सभापति हैसियतले कार्यक्रमको अन्तिममा बोल्दै चौधरीले प्रतिवद्धता जनाउदै आर्थिक, समाजिक, पुर्वाधार, वन वतावरण, संस्थागत विकास अनुसार पाँच पिलर मोडेलमा विकासका कार्यक्रमहरु गर्ने बताए ।

281096855_763311431323664_666464564280556345_n

रामधुनी नगरवासीहरुलाई समृद्ध र सुखी बनाउन सशक्त रुपले योजनाबद्ध रुपमा अगाडि बढ्ने र आफ्ना योजनालाई कार्यान्वायन गर्न बिज्ञ, बुद्धिजिवी, युवा, महिला तथा प्रत्यासित उमेदवारहरु संग समन्वय र सुझाव लिएरै नगरलाई समृद्ध र सुखी बनाउने चौधरीको भनाई थियो ।

पाँच पिलर मोडेलको पहिलो पिलर आर्थिक विकासमा कृषि, पशु, पर्यटन, उद्योग, सहकारी, बित्तिय क्षेत्र, स्वरोजगार, गरिवी निवारणकालागि उद्यम विकास, रामधुनी मन्दिरलाई ऐतिहासिक धार्मिक क्षेत्र तथा विभिन्न ताल तलैया र पोखरीको पर्यटन विकास, आदिवासी थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजना अनुसार विकास गर्ने कार्यक्रमहरु रहेको उनले बताए ।

ब्यक्ति,जेष्ठनागरिकहरुकालागि बिशेष क्षेत्रका कार्यक्रमहरु ल्याउने बताउँदै नगरप्रमुख चौधरीले निःशुल्क स्वास्थ्य सेवामा पहुच पुर्याउन नगर अस्पतालबाट र २४ सै घण्टा आकस्मिक सेवा संचालन गर्ने, दलित, गरिब, असाहय परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का सबै विद्यार्थीलाई मासिक शुल्क नगरबाट उपलब्ध गराउने समेत बताए ।

साक्षरता शतप्रतिशत कायम गर्न आवश्यक शिक्षा नीति तयारगरी गुणस्तरीय प्राविधिक शिक्षा पढ्दै कमाउदै कार्यक्रम लागु गर्ने, बालमैत्री नगर घोषणा टिकाई राख्न बाल विवाह अन्तय तथा वालश्रम मुक्त नगर घोषणा गर्ने, पुर्ण सरसफाई वातावरण मैत्री नगर घोषणा गर्ने, नगर स्तरीय जग्गाधनी पुर्जा बितरण गर्ने योजना रहेको चौधरीको भनाई थियो ।

281044551_347255937475803_4861614082189156989_n