इटहरीः धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाका नब निर्वाचित जनप्रतिनिधिले शुक्रवार पद तथा गोपनीयताको सपथ लिदै कार्यभार सम्हालेका छन् ।

गाउँ पालिकामा आयोजित एक कार्यक्रमका बिच नब निर्वाचित गाउँ पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई लगायतले जन भावना अनुसार स्थानीय सरकार सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

पदभार ग्रहण गर्दै नब निर्वाचित गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गाउँपालिका भित्रका दलित महिला तथा बिपन्न र जेष्ठ नागरिकहरूलाइ निःशुल्क स्वास्थ बीमा गरिदिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रदेशपोर्टल सङ कुरा गर्दै अध्यक्ष रुम्दाली राईले आफुले साँगुरीगढीका जनताको हित र उत्थानमा आगामी ५ बर्ष बिताउने बताए ।

281363400_5537658469579973_1033311257590880880_n