इटहरीः रामधुनी नगरपालिकामा नवनिर्वाचित मेयर उपमेयर सहितका जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ लिदै शुक्रबारबाटै कार्यबहार सम्हालेका छन् ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित रामधुनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुले शपथग्रहण गरेका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीबाट सपथ खाएर आएका नवनिर्वाचित प्रमुख पदका संकरलाल चौधरीले उपप्रमुख तारा थापा सहित ९ वडा अध्यक्ष र ३६ वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय रामधुनीका मुख्य निर्वाचन अधिकृत बिजयराज सुबेदिले जनप्रतिनिधिहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि रामधुनी नगरको नयाँ भवनमा सुक्रवार कार्यक्रम समारोह आयोजनागरी नयाँ जनप्रतिनिधिलाइ स्वागत र निवर्तमानलाइ मायाको चिनो सहित बिदाइ गरिएको छ । स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि नै आफ्नो पालिका तथा वडामा पदभार ग्रहण गरेका छन् ।