बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा ४ मा नेकपा एमालेका अध्यक्ष पदका उमेदवार आशाराम चौधरीसहितको प्यानललै विजयी भएको छ ।

नवनिर्वाचित अध्यक्ष चौधरीले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का साझा उमेदवार नुतन धामीलाई ४ सय ३४ मत अन्तरले पछि पार्दै दोस्रोपल्ट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतकाअनुसार चौधरीलाई १ हजर ५सय २६ मत प्राप्त भएको थियो भने उनका निकटम प्रतिद्वन्दी नुतन धामीलाई १ हजार ९२ मत प्राप्त भएको थियो ।
त्यस्तै, महिला सदस्य १हजार ५सय ४, दलित महिला सदस्य १ हजार ४ सय ७५, खुल्ला सदस्यहरु क्रमशः १ हजार ४ सय ११ र १ हजार ४ सय ३२ मतका साथ विजयी भएका हुन् ।