फिक्कलः इलामको सूर्योदय नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजकुमार लिम्बु सहितको प्यानलनै विजयी भएको छ ।

३१ घण्टा पछि प्राप्त मतपारिणाम अनुसार लिम्बुले नेकपा एकीकृत समाजवादीका दिपेश राईलाई २६ मतान्तरले पराजीत गर्दै वडाध्यक्षमा बिजयी भएका हुँन् । उनको यो दोस्रो कार्यकाल हो । लिम्बुले ८७३ मत पाउन उनका प्रतिष्पर्धी नेकपा एसका दिपेश राईले ८४७ मत पाएका छन ।

एमालेका धनकुमार तामाङले ७४५ मत प्राप्त गरेका छन । यस्तै वडा सदस्यामा काग्रेसका सबै बिजयी भएका छन । खुल्ला महिला सदस्यामा मुन्ना कुमारी राई(९७२) दलित महिला सदस्य चन्द्रकला बि.क.(९५५), सदस्यमा डिक बहादुर मगर (९३६) रोषन बुढाथोकी(९०१) मत लयाएका छन । वडा नम्बर १ मा २९१२ मत मध्ये ११४ मत वदर भएको छ ।

वडा नम्बर १ को मतगणना सक्दा गठबन्धनका मेयर उम्मेदवार रणबहादुर राई (४५०) र दुर्गा बराल (३३५) मतले अगाडी छन् । अव २ नम्बरको मतगणना हुँने निर्वाचन अधिकृत लोक बहादुर हमालले जानकारी दिए । निक्कै ढिलो मतगणना भैरहेको छ । २ स्थानमा मात्र मतगणना गर्दा ढिला भएको पाईएको छ ।