इटहरीः नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर १ मा एक प्रमुख र पाँच उप प्रमुख पदमा विजयी हासिल गरेको छ ।नेकपा एकीकृत समाजवादीले उदयपुरको उदयपुरगढी गाँउपालिका प्रमुखमा मानबहादुर केछप्की मगर विजयी भएका हुन् ।

उप-प्रमुख पदमा इलामको सन्दकपुर गाउँपालिकामा हरी बहादुर लुङ्गेली विजयी भएका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुर्गाहाङ चोङहाङ र मेरिङदेन गाउँपालिकामा दुर्गाहाङ चोङहाङ विजयी भएका छन् । संखुवासभाको सभापोखरी गाउँपालिकामा लक्ष्मी चापागाईं र पाँचखपन नगरपालिकामा उपप्रमुख पदमा सुमुना श्रेष्ठ विजयी भएकी हुन् ।

देशभरी नेकपा एकीकृत समाजवादीले हालसम्म जितेका १५ प्रमुख र २० उपप्रमुख सूचि हेनुहोस् ।
प्रमुखः
१.कपुरकोट गाउँपालिका, सल्यान ( दुर्गा पुन)
२. खाँडाचक्र नगरपालिका, कालिकोट ( कमल शाही)
३.छार्काताङसोङ गाउँपालिका, डोल्पा ( सेनाङ गुरुङ)
४. काइके गाउँपालिका, डोल्पा ( अंगद कुमार राना)
५.धुनिवेशि नगरपालिका, धादिङ ( बालकृष्ण आचार्य )
६.राजदेबी नगरपालिका, रौतहट ( भिखारी यादव)
७.तामाकोसी गाउँपालिकाको,दोलखा( प्रोण प्रताप केसी)
८.उदयपुरगढी गाउँपालिका, उदयपुर ( मान बहादुर केछप्की मगर)
९.रौतहटको गौर नगरपालिका, रौतहट ( शम्भु शाह)
१०.सखुवानान्कारकट्टी गाउँपालिकाको, सिरहा( केदारनाथ यादव)
११. डोल्पोबुद्द गाउँपालिका, डोल्पा ( कार्मा छोवल गुरुङ)
१२ .धर्म बहादुर शाही (सारू गाउँपालीका मुगु)
१३.शम्भुनाथ नगरपालिका सप्तरी (जितेन्द्र प्रसाद गुप्ता )
१४.घोडाघोडी नपा कैलाली ( खडक रावत )
१५.मदन देउपुर नपा काभ्रे ( तोक बहादुर वाइवा)
उप–प्रमुखः
१. ज्वालामुखी गाउँपालिका, धादिङ ( धर्मबहादुर अर्याल)
२.चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक ( सीता थापा)
३.बुङ्गल नगरपालिका, बझाङ ( धन बहादुर बोहरा)
४.सन्दकपुर गाउँपालिका, इलाम ( हरी बहादुर लुङ्गेली)
५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ ( दुर्गाहाङ चोङहाङ)
६.नौमुले गाउँपालिका, दैलेख ( गंगा बहादुर शाही)
७. बराहपोखरी गाउँपालिका, खोटाङ ( भुवलराज राई)
८.सभापोखरी गाउँपालिका, संखुवासभा ( लक्ष्मी चापागाईं)
९.पाँचखपन नगरपालिका, संखुवासभा ( सुमुना श्रेष्ठ)
१०.मादी गाउँपालिका, कास्की ( देविजंग गुरुङ)
११.राजदेबी नगरपालिका, रौतहट( राजकुमारी शाह)
१२.बेनीघाटरोराङ गाउँपालिका, धादिङ ( टापबहादुर श्रेष्ठ
१३.रामारोशन गाउँपालिका, अछाम ( ताराप्रसाद खनाल)
१४.छबिसपाथिभेरा गाउँपालिका, बझाङ ( लछिमन बोहरा)
१५.डोल्पोबुद्द गाउँपालिका, डोल्पा ( पेम्मा धोर्चे गु्रुङ)
१६.गौर नगरपालिका, रौतहट ( शैलकुमारी शाह)
१७. शम्भुनाथ नगरपालिका सप्तरी ( अनिता कुमारी चौधरी)
१८.चन्खेली गा पा हुम्ला ( प्रेम कला शाही)
१९. रासकोट लमजुङ्ग (उपप्रमुख मणिराज बराल)
२०.मुसिकोट पश्चिम रुकुम उपाध्यक्ष (बिमल कु पुन)