रौतहटः रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छन् ।

नगरपालिकाको मेयरमा ५ हजार ७ सय ९५ मतका साथ शम्भु साह विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजयकुमार गुप्ताले ३ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए ।

यसैगरी उपमेयरमा पनि नेकपा (एकीकृत समाजवादी)पार्टीकी उम्मेदवार शैलकुमारी साह ४ हजार ३ सय ९९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शहजान खातुनले ३ हजार ४ सय ६० मत प्राप्त गरिन् ।