इटहरीः मतगणनाको उत्कर्ष चलिरहँदा सबैभन्दा बढी जनताको चासो बनेको स्वतन्त्र उम्मेदवारहरुको हो चाहे त्यो काठमाण्डौको बालेन्द्र शाहको होस या त धरानका हर्क साम्पाङ्गको होस् ।
धेरैले यसपालीको चुनाव यिनीहरुले जित्नुपर्छ भनिरहँदा कतिपयले होइन् स्वतन्त्र उम्मेदवारले कामगर्न सक्दैनन् भन्ने जवाफ दिने गरेका छन्, तर क्रेज उतै छ कि बालेन छ कि हर्क साम्पाङ्ग । धरानको जारी मतगणनाको पछिल्लो जानकारी अनुसार उनि गठबन्धनका उम्मेदवार किशोर राई भन्दा २१० मत बढी प्राप्त गरि अगाडी लम्किरहेका छन् यतिबेला ।
चुनावी अभियानको बेला हर्कहरु मिडियामा त्यत्ति अटाएनन् अटाउन पनि कसरी मिडियाहाउस पनि कोही न कोही पार्टीप्रतिनै निष्ठावान देखिन थालेको पाइन्छ । सबैलाई आफ्नो पार्टीको पोल्टामा नेतृत्व जाओस भन्ने शुभेच्छा देखिन्छ । यदि होइन् भने समाजका आवाज बोक्नेहरु किन संचारमा नअटाएका हुन प्रश्न उठिहाल्छ ।
हामीले पनि हर्क साम्पाङ्ग धरानमा स्वतन्त्र बनेर उपमहानगरको प्रमुखमा उम्मेदवारी दिँदैछन् भन्ने सुनेका हौँ । हर्क साम्पाङ्गको उम्मेदवारी भन्ने सम्म लेखेका हौँ तर हर्क साम्पाङ्ग को हुन कसरी चुनावमा होमिने अठोट लिए अनि कसरी स्वतह स्फुर्त रुपमा जनलहर उनको पक्षमा बन्यो भनेर बुझ्ने प्रयास गर्यौँ तर ढिला भइसकेको थियो ।
देश मतमय बनेको छ । देशैभरी मतगणना र विजयका समाचारहरु आइरहँदा धरानमा बुधबार मतगणना स्थगित हुन पुग्यो । बुधबारदेखि साम्पाङ्गसँग सम्पर्क गर्न खोज्ने हाम्रो प्रयास असफल बनेपछि सामाजिक धराने जनतासँग हामीले हर्कको बारेमा बुझने प्रयत्न गर्यौँ ।
धेरै जसो धरानको जनताको एउटै आवाज छ ‘हर्क साम्पाङ्ग धराने जनताको आवाज हो । ’ धरान निवासी केशव न्यौपाने हर्क धराने जनताको आवाज भएको भनाई राख्छन् भने विजय अग्रवाल हर्क धराने जनतालाई माया गर्ने मान्छे भएको टिप्पणी गरेका छन् ।
धरानको टोल टोलमा एक्लै माइक बोकेर आफ्नो संकल्प सुनाउँदै हिड्ने हर्कलाई सुःखी धरान बनाउन एक्लै दौडेको मान्छेको रुपमा धरानका पिके कालिकोटेले चिनेका छन् । त्यसो त धरानका सन्जोक श्रेष्ठ आफुले हर्कलाई नजिने पनि उनले धरानको विकासका लागि बोकेको भिजन प्रशंसा योग्य भएको भनाई राख्छन् ।
हर्क आफ्नै बारेमा भने आफु धराने जनताको लागि आफु पर्याय भएको बताउने गरेका छन् । कहिले खानेपानीको अभावका विषयमा होस या त कहिले खानेपानीको धारामा पानी नआउने तर मिटरमात्रै घुमिरहने प्रशंगमा आवाज उठाइरहने हर्क साम्पाङ्ग समाज रुपान्तरण हुनुपर्छ भन्ने धारणा व्यक्त गर्छन् ।
कहिले विरामीको पक्षमा त कहिले सुकुम्बासीको पक्षमा आफ्नो आवाज ओकलिरहने साम्पाङ्ग ‘ यहा सुकुम्बासी कोही पनि छैन हामी सबै मालिक हौँ सरकार भनेको पनि हामी नै हो’ भन्दै सुकुम्बासीको पक्षमा आवाज उठाइरहने व्यक्ति पनि हुन् ।
जितेर जानेहरुलाई पाँच बर्ष सम्म चेक एण्ड व्यालेन्स गर्नुपर्छ । जनताले भुमिका खेल्नुपर्छ । अनिमात्रै जनप्रतिनिधिहरु व्यालेन्समा आउँने साम्पाङ्गको भनाई छ ।
धरानमा रहेको वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारको विषयमा बारम्बार आवाज ओकलिरहने साम्पाङ्ग त्यहाँ हुने गरेको नीतिगत भ्रष्ट्राचारको विरुद्धमा होस् या त वीपीले स्वास्थ्य बिमाबाट उपचार नगर्ने भन्ने भनाइ राखेको बेला होस जनताको स्वास्थ्य सेवा पाउने हकको सुनिश्चितता हुनुपर्छ भन्दै आवाज उठाएका थिए ।
उनले वीपी सुधारमा आवाज उठाएको ३ बर्ष भइसकेको रहेछ भने खानेपानीको बिषयमा आवाज उठाएको पनि निकै लामो समय वितिसकेको रहेछ ।
धरानमा खानेपानीको चरम समस्या छ , कतिको धारमा पानी आउँदैन बिल एक महिनामा २५ सम्म आएको छ । पानी आएको हुदैन विल घुमिरहन्छ । पानीको बिलको कुरामा आवाज उठाएको मात्रै पनि १ बर्ष बितिसकेको रहेछ ।
‘तँपाईले अनाहकमा प्रहरीको कुटाई खानुभयो भने तपाईहरुले सम्झने व्यक्ति हो, हर्क साम्पाङ्ग । तँपाईको धारामा पानी आएन भने तँपाईले सम्झने व्यत्तिको नाम हो हर्क साम्पाङ्ग ’आफ्नो परिचय दिँदै हर्कले भनेका छन् ।
राजनितीक पार्टीको दलदलमा फसेको समाजमा उनले भोट माग्दै भनेका थिए ‘पार्टी हाम्रो मिल्दैन मलाई थाहा छ, तर मन त मिल्छ नि हो यहि मनको लागि म‘लाई जिताउनुहोस् ।’
‘जतिवेला तपाईलाई दुख्छ नी त्यतिबेला ऐया भन्ने आवाज निकाल्ने मान्छे हो, हर्क साम्पाङ्ग । तपाई ऐना अगाडी उभिनुहोस् त्यहाँ जो देख्नुहुन्छ त्यहि हो, हर्क साम्पाङ्ग । जति मैले तपाईहरुको आवाज बुझ्न सक्छु त्यो अरुले बुझ्दैनन् ।
दलहरु जितिरहने जनता हारिरहने भएको हुँदा यस्तो भएको हो ।’ साम्पाङ्गले चुनावी अभियानमा भनेका थिए । ‘अरु चुनावको बेलामात्रै पानीको कुरा गर्छन् । म साउन भदौमा पानीको आन्दोलन गरिरहेको हुन्छु । मान्छेले पागल पनि भन्छन् । मलाई विश्वास गर्नुहोस् । ’ म स्वतन्त्र व्यक्ति हुँ पार्टीको आदेश मानिरहनु पर्दैन म तपाईहरुको आदेश मान्नेछु । हर्कको भनाई थियो ।
देशप्रेमी , धरानप्रेमी सामाजिक अभियान्ताको रुपमा चिनिएका साम्पाङ्ग जीत क्रान्तिकै हुन्छ शंकै नमान, हामी झन बिशाल बन्छौँ धन्दै नमान, पार्टी जित्ने जनता हार्ने चलनको अन्य भएर छाड्छ भन्दै आफ्ना समर्थकलाई हौसला दिइरहेका छन् । बिहिबार अपरान्हसम्मको मत गणनाको आधारमा हर्कले गठबन्धनका उम्मेदवारलाई १९१ मतको अन्तरले पछाडी पारेर अग्रता लिइरहेका छन् । धराने जनताको आवाज बोकेर हिड्ने साम्पाङ्गलाई शुभकामना ।