धरानः सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अग्रता लिने क्रममा गठबन्धन र एमालेका उम्मेदवारलाई पछाडि पार्दै मतअन्तर बढाउँदै गएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले ८६०६ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ८४१५ मत प्राप्त गरेका छन् । हर्क किशोर भन्दा १९१ मतले अगाडि छन् । एमालेकी मञ्जु भण्डारीले ६८९५ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनका माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ९५२० मत ल्याएका छन् । एमालेका पदम इस्बो लिम्बुले ९१६२ मत प्राप्त गरेका छन् । धरानको मतगणना जारी नै रहेको छ ।

unnamed (2)