इटहरीः इटहरी उपमहानगरमा खसेको मत मध्ये ४२३७२ मतगणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल २९२५ मतले अग्रस्थानमा रहेका छन् ।

पौडेलले १९२६४ मत प्राप्त गरेका छन् । एमालेका मेयर पदका उम्मेदवार यामकुमार सुब्बा १६३३९ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर पदका उम्मेदवार आकाश हाङ्ग लिम्बुले १८४८ मत प्राप्त गरेका छन् ।

मंगोल नेशनल अर्गनाइजेसनका मेयर पदका उम्मेदवार दिपेन्द्र राईले १५८ मत , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मेयर पदका उम्मेदवार भीमकुमार लिम्बुले १३७ मत प्राप्त गरेका छन् । उम्मेदवारी फिर्ता लिई गठबन्धनका उम्मेदवारलाई सघाउने लिखित कागज गरेका जनता समाजवादी पार्टीका डिल्लीप्रसाद लिम्बूलाई ८७ मत प्राप्त भएको छ ।

281962890_121529393881437_9160477138940968466_n