इटहरीः निर्वाचनमा फरक पार्टी र विचार बोकेकाहरु बीच जित हारे भए , एकले अर्काको छेउ नै नपर्ने प्रचलन हाम्रो समाजमा अलिक बढी नै छ । जित हारको परिणाम सार्वजनिक हुने बित्तिकैले एकले अर्काको कुरा काट्ने चलन हुँदैन आईरहेको छ । अझ नेपालको राजनितिमा यो भन्दा बढी घृणीत कार्यहरु पनि भएका छन् । तर, इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा आज( बिहिबार) बिहान भने फरक दृश्य देखियो । जुन दृश्यले यतिबेला ठूलै चर्चा पाएको छ । जसबाट बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि जित्ने र हार्ने उम्मेदवारहरुले सिक्न जरुरी छ ।

बिहिबार बिहानैको कुरा हो, इटहरी उपमहानगरको वडा नम्बर २ को वडा अध्यक्षमा विजयी बनेका माधव कोइरालाको घरमै पुगे उनका प्रतिद्धन्दी राजु बस्नेत । कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेका राजु एक्लै गएनन् उनकी धर्मपत्नी श्रृजना बस्नेतलाई पनि लिएर विजयी एमालेका उम्मेदवार कोइरालाको घरमा गए ।

घरमै गएर राजुले माधवलाई अविर लगाइदिए अनि आफुले हारे पनि जित हासिल गरेकोमा माधवलाई बधाई समेत दिए । माधवलाई जिताउने सम्पुर्ण मतदाताको सम्मान गर्ने विश्वास व्यक्त गर्दै बस्नेतले यदि मतदाताको मतको सम्मान गर्न विर्सनु भयो भने आफु त्यस बिरुद्ध लड्ने समेत बताए ।

280708553_670219761079604_2498540504299103718_n

सबैको साथ सहयोग लिएर आफ्नो जिम्मेवारी पुरा गर्न बस्नेतले कोइरालालाई बताए । तपाईलाई सफल बनाउनेमा मेरो साथ सदैव रहनेछ । बस्नेतको भनाई थियो ।
वद्याई ग्रहण गर्दै नव निर्वाचित वडा अध्यक्ष कोइरालाले प्रजातन्त्रमा बिचारहरु लड्ने र यसमा जसले जित्छ त्यसले आफ्नो क्षमताले चलाउने भएकोले जसले जितेपनि प्रजातन्त्रलाई मजबुत बनाउँदै प्रतिपक्षसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

तालतलैयालाई विकास गर्ने सवालमा वडा नम्बर २ र ३ को साँझा संरचना भएकाले सहमति गरेर अगाडी बढ्ने कोइरालाले बताए । अहिले त्यहाँ होटलहरु संचालन भएको र रोजगारको सिर्जना गर्ने काम पनि आफ्नो प्राथमिकतामा पर्ने कोइरालाको भनाई थियो ।

बस्नेतले समग्र २ नम्बर बासीहरुको हक हित एबम बिकास निर्माणका ध्यान दिन आग्रह गरेका थिए । यस्तै बिजयी भएका कोइरालाले हामी सबै मिलेर ५ बर्षमा आफ्नो वडाको बिकास गर्नु पर्ने बताएका थिए । ‘अहिले देखिएको यो आत्मीयता सधै कायम हुन सकोस् ।’– बस्नेतले भनेका छन् ।

unnamed (2)