धरानः सुनसरीको धरान उपमहानगरपालिकामा १४७ मतले लौरो चुनाव चिन्ह लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ सबैभन्दा अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले गठबन्धनका मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईलाई १४७ मत अन्तरले पछाडि पारेका हुन् ।

२९४६६ मतगणना हुँदा हर्कले ८५०९ मत प्राप्त गरेका छन् । कांग्रेसका राईले ८३६२ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ६८५८ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा गठबन्धनका तर्फका माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा ९४३० मत प्राप्त गरेका छन् । एमालेका पदम इस्बो लिम्बूले ९०७९ मत प्राप्त गरेका छन् । मतगणना जारी नै रहेको छ । हिजो दिउँसो देखि रोकिएको धरानको मतगणना आजबाट पुनः गणना शुरु भएको छ ।

unnamed (2)