इटहरीः हिजो बुधबार दिउँसोबाट अवरुद्ध बनेको धरान उपमहानगरको गतगणना बिहिबार बिहानबाट शुरु भएको छ ।
गतगणना हुँदै गर्दा धरान २० का १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि माओवादी केन्द्रले अवरोध गरेपछि धरानको मतगणना अवरुद्ध बनेको थियो ।
अवरुद्ध मतगणना सुचारु गर्न गरिएको दलहरुको पहल असफल भएपछि निर्वाचन अधिकृतको कार्यलय धरानले निर्वाचन आयोगमा पत्र लेखि पठाएको थियो । निर्वाचन आयोगले मतदान अधिकृतलाई कारबाही गर्ने र हस्ताक्षर नभएको मत वदर गर्ने निर्णय गर्दै मतगणना शुचारु गर्न बुधबारै निर्देशन दिएको थियो ।
निर्वाचन आयोगको पत्रपछि बिहिबार विहानैबाट शुरु गर्ने भनिएको मतगणना अबेरगरी मात्रै शुरु भएको छ ।धरान २० को मत परिणामलाई यथास्थितिमा राखेर अन्य वडाको मत गणना सुचारु गर्ने राजनैतिक सहमती भएपछि मत गणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए । अहिले धरान ८, १२, १९, १४ र १३ नम्बर वडाको मत गणना गर्ने सहमती भएको बताइएको छ ।