इटहरीः इटहरी उपमहानगरपालिकाको पछिल्लो अपडेट अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलले झण्डै ३ हजार मतको अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १८ हजार ४५५ मत ल्याउँदा नेकपा एमालेका याम कुमार सुव्वाले १५ हजार ४६३मत पाएका छन् । यता मेयर पदमा राप्रपाका उम्मेदवारको १ हजार ७८२ मत पुगेको छ भने जसपाको ८५, लोसपाको १८ र मंगोल नेशनल अर्गनाइजेसनका मेयर पदका उम्मेद्वारको १५७ मत पुगेको छ ।

unnamed (2)

३९ हजार ९४२ मत गनिसक्दा संघीय लोकतान्त्रिक मञ्चले मेयरमा १३५ मत प्राप्त गरेको छ । यसैगरी उपमेयर पदमा भने नेकपा एमालेकी संगीता चौधरीले  ७ हजार मतको फराकिलो अन्तर बनाएकी छन् । चौधरीको १७ हजार ६५२ मत आउँदा नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टको १० हजार ७०४ मत आएको छ । उता राप्रपाकी उपमेयर उम्मेदवारले २ हजार ३३० मत र संघीय लोकतान्त्रिक मन्चका उम्मेदवारले १६९ मत पाएका छन् ।

७३ हजार ७३२ मत खसेको इटहरी उपमहानगरमा ५्र४ प्रतिशत मत गनिसकिएको छ । भने बाँकीको गणना जारी छ । इटहरीका वडा नम्बर १,२,३,२०,१९ र १८ को अन्तिम मत परिणाम समेत सार्वजनिक भइसकेको छ ।

281585342_121474723886904_5322489193934390177_n