धरानः धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना शुरु गर्ने भनिएपनि विवाद कायमै रहेकाले अझै हुन सकेको छैन् ।
दिउँसो देखि रोकिएको मतगणना निर्वाचन आयोगको निर्देशन बमोजिम दलको प्रतिनिधि उपस्तिथि नभए पनि मतगणनालाई निरन्तरता दिने निर्वाचन अधिकृतले तयारी गरे पछि नेकपा माओवादीलेका नेताहरुले मतगणना स्थलमा नै गएर मतगणना रोकेका छन् ।
२० न.वडाको १८ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभेटेपछि सो मतपत्र बदर गरिएको थियो । जसमा ११ वटा मतपत्रमा माओबादिका उम्मेदवारलाई मत खसेको पाइएको छ । सो मत सदर भए नेकपा माओबादी केद्रका उम्मेदवार बिजयी हुने भए पछि विवाद भएको थियो ।
सर्वदलीय छलफलमा नेकपा माओबादिले हस्ताक्षर नभएको मतपत्र नमान्ने तर सो स्थानका मतदान अधिकृतलाई तत्काल कार्वाही र पुनस् मत गणनाको मागराखेका थिए । सो प्रस्तावलाइ निर्वाचन अधिकृतले नमाने पछि भने सर्वदलीय बैठक बाट माओबादी निस्किएको थियो । हाम्रो माग पूरा नभए मतगणनामा सहभागी नहुने बताउदै माओवादी केन्द्रका धरान उपमहानगर कमिटी अध्यक्ष मनोज भट्टराई निस्किएका थिए।