इटहरीः इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम भरखरै सार्वजनिक भएको छ । ३६२०९ मतगणना हुँदा लोकतान्त्रि गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकर्ण पौडेल एमालेका यामकुमार सुब्बा भन्दा २६ सय बढी मत अन्तरले अग्रस्थानमा छन् । इटहरीमा ७३ हजार ७ सय ३२ मत खसेको थियो ।
एमालेका यामकुमार सुब्बाले १३ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर पदका उम्मेदवार आकाश सुब्बाले १ हजार ५ सय ६५ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाईजेशनका मेयर पदका उम्मेदवारले १४९ मत र संघीय लोकतान्त्रि राष्टिय मञ्चका मेयर पदका उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् ।
उपमयेर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी संगीता कुमारी चौधरीले निकै ठूलो मत अन्तरले अग्रता लिईरहेकी छन् । उनले १५६९३ मत प्राप्त गरेकी छन् । गठबन्धनका तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका केशबकुमार बिष्टले ९६४३ मत प्राप्त गरेका छन् । राप्रपाकी उपमेयर पदकी उम्मेदवारले २०८६ मत प्राप्त गरेकी छन् ।
इटहरीका २० वडा मध्ये वडा नम्बर १, ३, १८, १९ र २० को मतगणना सकिएको छ । जसमा वडा नम्बर १ र २० मा कांग्रेसले विजय हासिल गर्यो भने वडा नम्बर ३, १८ र १९ एमालेले विजय हासिल गरेको छ । वडा नम्बर २, ४, ५, ६ १५, १६ र १७ को मतगणना जारी नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।