बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ अन्तर्गत बराहक्षेत्र नगरपालिका वडा १० को अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता तेज बहादुर गुरुङले जितेका छन् । निर्वाचन अधिकृतकाअनुसार आफ्ना प्रतिस्पर्धीलाई १ हजार ६ सय २० मतान्तरले गुरुङले सहज जीत निकालेका हुन् । गुरुङले २ हजार ३ सय ५३ मत पाउँदैगर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार मणि तामाङ ७ सय ३२ मतमा टुंगो लागे । त्यसैगरि महिला सदस्यले २१२२, दलित महिला सदस्यले २०१३, खुल्ला सदस्यले १९६४, खुल्ला सदस्यले १८०९ मत प्राप्त गरेका छन् ।

गुरुङको जीत ‘फ्याक्टर’

युवा नेता भनिने गुरुङ उमेरले २८ वर्ष भए । यसमानेमा पनि उनलाई वडावासी युवा जमातको साथ मिलेको उनी निकट नेताहरू बताउँछन् । उसो त समाजसेवामा पनि नवनिर्वाचित अध्यक्ष गुरुङको राम्रो झुकाव देखिन्छ । कोरोनाकहरमा विपन्न, दैनिक ज्यालादारी तथा अशक्त वडाबासीहरुलाई माक्स, सेनिटाइजर लगायतका खाध सामाग्री वितरण गरेका नवनिर्वाचित अध्यक्ष गुरुङ भन्छन्, ‘पहिल्यैदेखि समाजसेवा मेरो कणकणमा थियो ।’ त्यस्तै, माघे संक्रान्ती लगायतका चाडहरुमा असाह्यहरुमा घरघरमा खाध सामाग्री लिएर पुग्ने गर्थे, उनी । प्रकाशपुर युवा जमात नामक क्लवका अध्यक्ष बनेर कयौं फुटबल प्रतियोगिता, खेलाडीहरूलाई खेल सामग्री वितरण, सरसफाइ कार्यक्रम लगायतका कार्यक्रमहरु गरेको अनुभव नवनिर्वाचित अध्यक्ष गुरुङसँग छ ।

अर्कोतर्फ नेपाली कांग्रेससँग नेकपा (माओवादी केन्द्र)को चुनावी तालमेलले गर्दासमेत गुरुङलाई फाइदा पुगेको देखिन्छ । माओवादी केन्द्रले आफूहरूको पक्कड भएको वडाको रूपमा हेरिने यस् वडामा दुई दलको साझा अध्यक्ष पदको उमेदवार बनेका गुरुङलाई सहज अबस्था रहेको थियो भने अर्कोतर्फ आफ्नै दलका नेता नवराज बस्नेतको बाघी उम्मेद्बारीको समेत चपेटा थिए, उनी । यद्यपि बाघी उमेदवार बस्नेतले भने ३ सय १६ मतमा चित्त बुझाएका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका अध्यक्ष पदका उमेदवार महेन्द्र बहादुर खत्रीले १ हजार १ सय ९२ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उमेदवार नवराज बस्नेतले ९ सय ६१ मत प्राप्त गर्दै पराजीत भएका थिए । यस् वडामा एमालेजनले अझैपनि बराहक्षेत्र १० (प्रकाशपुर)लाई ‘लालकिल्ला’भन्ने गरेको छ । लालकिल्ला भत्काएका नवनिर्वाचित अध्यक्ष गुरुङले प्रदेशपोर्टलसँग भनेका छन्, ‘वडाबासीलाई त्यस्तो ठूलो केहि आशा देखाएको छैन्स जे बाचा गरेको छु, पूरा गरेर देखाउछु ।’ नेपाली कांग्रेसका सम्बन्धित वडा सभापति समेत रहेका गुरुङ नेपाल सरकारका वर्तमान सूचना, प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकिय सचिव हुन् ।