इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसमा वडा अध्यक्ष उम्मेदवार शिव संकर राजधामी २ जना सदस्य सहित विजयी भएका छन् ।
बुधबार साँझ भएको अन्तिम गणना अनुसार राजधामीले १ हजार ४९१ मत ल्याएर विजयी बनेका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारलाई १८ मतले हराउँदै जित निकालेका छन् ।
यता महिला सदस्यमा भने नेकपा एमालेकी पवित्रा कुमारी चौधरी विजयी बनेकी छन् । चौधरीले नेपाली कांग्रेसकी उम्मेदवारलाई ३४ मतले पछि पारेकी छन् । पवित्राको जम्मा मत १ हजार ४७७ आएको छ । यसैगरी दलित महिला सदस्यमा नेपाली कांग्रेसकी करिश्मा ऋषिदेव विजयी भएकी छन् ।
ऋषिदेवले १ हजार ४६१ मत प्राप्त गरिन । उता खुल्ला सदस्यमा नेपाली कांग्रेसका अशोक कुमार चौधरी र नेकपा एमालेका रंजित कुमार चौधरीले जित निकालेका छन् । उनिहरुले क्रमश १ हजार ४२७ र १ हजार ४१४ मत पाएका छन् । वडा नम्बर ६ मा जम्मा ३ हजार ५९१ मत खसेको थियो ।