इटहरीः सुनसरीको इटहरी उपमहानगरको वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम कुमार चौधरीको प्यानलै विजयी भएको छ ।

गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेद्वार राजदेव चौधरीलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी बनेको हो ।

एमालेका राम कुमार चोधरीले १ हजार १६६ मत पाउँदा निकटतम प्रतिद्धन्दी बनेका माओवादी केन्द्रका राजदेव चौधरीले ७१६ मत पाएका थिए भने जनता समाजवादीका उपेन्द्र कुमार चौधरीले ८० मत पाएका छन् । वडा नम्बर १८ को वडा अध्यक्षमा राप्रपाले १४६ मत पाएको छ ।

यसैगरी महिला वडा सदस्यमा पनि एमालेकी जसमिन चौधरी विजयी बनेकी छिन भने दलित महिला सदस्यमा एमालेकै रिंकु मोची बिजयी बनेकी छिन् । यी दुवैले क्रमश १ हजार १८६ र १ हजार १४४ मत पाएका छन् । उनिहरुको प्रतिद्धन्दीले नेपाली कांग्रेसका सर्वदा धिकारी र पदम कुमारी विश्वकर्माले क्रमश ७५५ र ७७५ मत पाएका छन् ।

यता खुल्ला सदस्यमा एमालेकै अव्वास मिया र संगीत कुमार बस्नेत विजयी भएका छन् । उनिहरुले १ हजार १४४ र १ हजार १३० मत प्राप्त गरेका छन् ।