इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा ३१ हजार ७३१ मत गणना गरिसक्दा गठबन्धनका मेयर पदका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका मेयर पदका उम्मेद्वार याम कुमार सुव्वाले १२ हजार २१३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले १४ हजार ३३६ मत पाएका छन् भने राप्रपाका मेयर पदका उम्मेदवारले १ हजार ३८४ मत पाएका छन् ।
यता उपमेयर तर्फभने एमालेकी उपमेयर उम्मेदवार संगीता कुमारी चौधरीले ५ हजार भन्दा बढी मतान्तरले आफ्नो अग्रता कायम राखेकी छन् । चौधरीले १३ हजार ७२० मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार केशव कुमार विष्टले ८ हजार ५३२ मत पाएका छन् ।
उपमेयरमा राप्रपाको मत १ हजार ८४८ छ भने जसपाको ७० र संघीय लोकतान्त्रिक मन्चको १४३ मत आएको छ । ७३ हजार ७३२ मत खसेको इटहरीमा ३१ ह्जार ७३१ मत गनिसकिएको छ ।