धरानः धरानमा लौरो चुनाव चिन्ह लिएर स्थानीय तहको निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग १४ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कले ८ हजार १ सय ४० ल्याएका छन् । गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ८ हजार १ सय २६ मत ल्याएका छन् ।
एमालेको तर्फबाट मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ७ सय १३ मत प्राप्त गरेकी छन् । धरानमा मतगणना जारी नै रहेको छ ।