बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा नं ११ मा नेपाली काङ्ग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्र का अनुसार बराहक्षेत्र ११ मा नेपाली काङ्ग्रेसका कृष्ण कुमार महतोले ११०४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजकुमार शाहले वडा अध्यक्षका उम्मेदवारले ७८० मत पाएका छ्न ।
त्यसै गरि महिला सदस्यमा १०३२ र प्रतिद्वन्दीले ७१४, दलित महिला सदस्यमा १०३९ प्रतिद्वन्दीले ६९५ खुल्ला सदस्यमा ९९७ र प्रतिद्वन्दी ले ६६७ र खुल्ला सदस्यमा ९४६ को प्रतिद्वन्दी ६२१ मत प्राप्त गरेका थिए । विजयी सबै नेपाली काङ्ग्रेसका उम्मेदवार रहेका छन् ।