तेह्रथुमः बैशाख ३० गतेको भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका तेह्रथुमका पालिका प्रमुखहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याङ्लुङमा मुख्य निर्वाचन अधिकृत तथा तेह्रथुम जिल्ला अदालतका जिल्ला न्यायाधीश महेन्द्र प्रसाद पोखरेलले शपथ ग्रहण गराएका हुन् ।
म्याङ्लुङ नगरपालिका प्रमुखमा नेकपा एमालेबाट निर्वाचित सन्जयकुमार तुम्बाहाम्फे, लालिगुराँस नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट निर्वाचित अर्जुनकुमार मावोहाङले शपथ लिए ।
आठराई गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित दिलकुमार पाहिम, फेदाप गाउँपालिका अध्यक्षमा निर्वाचित केशव भेटुवाल, छथर गाउँपालिका अध्यक्षमा निर्वाचित सन्तवीर लिम्बू र मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा निर्वाचित यादव खापुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।