इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ३ मा एमालेका उमेश सुवेदीको प्यानलै विजयी बनेको छ ।
टिकट पाउने आशामा रहेको कांग्रेसमा वडा सभापती तुला लिम्बुले टिकट नपाएपछि बागी उम्मेदवारी दिँदा नेकपा एमालेको प्यानलै विजयी बनेको हो ।
इटहरी ३ मा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका उमेश सुवेदीले ९६८ मत प्राप्त गर्दै विजयी भएका हुन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण विष्टले ७३६ मत पाएका छन् । उता कांग्रेसबाट टिकट नपाएछि बागी बनेका उम्मेदवार तुला लिम्बूले ८६१ मत प्राप्त गरेका छन् । विष्ट निर्वतमान वडाध्यक्ष समेत हुन् । विष्टले भन्दा बागी उठेका लिम्बूले १२५ मत बढी ल्याएका छन् ।
वडाध्यक्षमा विजयी भएका सुवेदीको प्यानलमा नेकपा एमालेबाट महिला सदस्यमा पवित्रा कोइराला निर्वाचित भएकी छन् । उनले १ हजार २०० मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्धन्दी कांग्रेसकी इन्दिरा मगर (राई) ले ७७८ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा एमालेकै मीना रसाईलीले १ हजार १८३ मत प्राप्त गर्दै विजयी भइन् । कांग्रेसकी निर्मला बिकले ८१८ मत प्राप्त गरेकी थिइन ।
यस्तै, सदस्यमा एमालेका टीकाराम तामाङले १,१४९ मत प्राप्त गर्दै विजयी भए भने एमालेकै दीपेन्द्र लिम्बूले १,१८१ मत प्राप्त गर्दै विजयी भएका छन् । कांग्रेसका घनश्याम दाहालले ७९४ मत प्राप्त गरे भने नेकपा माओबादी केन्द्रका आशिक तामाङको ५२३ मत प्राप्त गरेका छन् ।