इटहरीः इटहरी उपमहानगरको वडा नम्बर ५ मा २ हजार ९०० मत गणना गरीसक्दा सम्म नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
मध्यान्न साढे १२ बजेको मत परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले १ हजार २२६ मत ल्याउँदा नेपाली कांग्रेसले १ हजार १३० मतले पछ्याइरहेको छ ।
यसैगरी वडा नम्बर ५ मा महिला सदस्यमा एमालेका उम्मेदवारको १ हजार २३४ र कांग्रेसको १ हजार ३० मत आएको छ भने दलित महिला सदस्यमा एमालेका उम्मेदवारको १ हजार २८२ मत आउँदा कांग्रेसका उम्मेदवारको ९७९ मत आएको छ ।
खुल्ला सदस्यमा पनि एमाले अगाडी देखिएको छ । एमालेका उम्मेदवारले १ हजार २२ र १ हजार १८० मत ल्याउँदा खुल्ला सदस्यमा कांग्रेसको ८९० र माओवादीको ३७४ मत आएको छ ।