बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचका साझा बराहक्षेत्र नगरप्रमुख उमेदवार रमेश कार्कीले नेकपा एमालेका उमेदवार निलम खनाललाई पछी पार्ने क्रम जारी छ ।
बराहक्षेत्र १ र २ वडामा आफूलाई अग्रता दिलाउन सफल खनालले १० र ११ वडामा भने त्यसलाई कायम गर्न सकेनन् । पछिल्लो १० हजार ८ सय ८९ को मतगणनाअनुसार ३ हजार ५ सय ३ खनालले प्राप्त गरेका छन भने अर्का उमेदवार कार्कीले ४ हजार २ सय ९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जनाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ भने गठबन्धनका साझा उमेदवार अमित गौतमलाई पछी पार्दै एमालेकी उमेदवार नन्दाकुमारी राई अगाडि रहेकी छन् । पछिल्लो मतगणनाअनुसार नन्दाकुमारीले ३ हजार ८ सय २० मत पाउँदा गौतमले भने २ हजार ४ सय ४५ मतमा चित्त बुझाएका छन् ।