इटहरीः इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले २ हजार २ सय भन्दा बढीमतले अग्रता कायम राखेका छन् ।

गठबन्धनका तर्फबाट मेयर पदका लागि नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले १३ हजार ७७९ मत ल्याउँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार याम कुमार सुव्वाले ११ हजार ५६५ मत पाएका छन् । यता राप्रपामा मेयर पदका उम्मेदवारले १ हजार ३२० मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवारले निकै ठुलो मतले अग्रता कायम राखेकी छन् । नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार संगीता कुमारी चौधरीले १२ हजार ९९४ मत पाउँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टले ८ हजार २०९ मत पाएका छन् । उता राप्रपाकी उपमेयर उम्मेदवारले १ हजार ७५२ र स्वतन्त्र उम्मेदवारले १३४ मत पाएकी छन् ।

281671976_121056637262046_1986849465315778279_n