इटहरीः इटहरी उपमहानगरको वडा नम्बर १७ मा हालसम्म नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार प्रभात कुमार आचार्यले आफ्नो अग्रता कायम राखेका छन् ।

१ हजार ३९७ मत गणना भइसक्दासम्म आचार्यले ७०४ मत ल्याउँदा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भगवानलाल साह सुडीले ५१३ मत ल्याएका छन् ।

त्यसैगरी महिला सदस्यमा नेकपा एमालेकी उम्मेदवारले ६९९ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ४७९ मत ल्याएकी छन् भने दलित महिला सदस्यमा पनि एमालेको अग्रता कायम छ ।

दलित महिला सदस्यमा नेकपा एमालेकी उम्मेदवारले ७२६ मत ल्याउँदा माओवादीकी उम्मेदवारले १४९ मत ल्याएकी छन् । खुल्ला सदस्यमा एमालेका उम्मेदवारले क्रमश ६८७ र ६८६ मत ल्याउँदा कांग्रेसका उम्मेद्वारले ४१८, र ४६५ मत पाएका छन् ।

सो वडामा ४६४४ मत खसेको थियो । खसेको मत मध्ये २११२ मत गणना भईसकेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । मत गणना जारी नै रहेको छ ।

280854140_121048270596216_7939179437280575834_n