इटहरीः इटहरी उपमहानगरको वडा नम्बर ४ मा हालसम्म नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार भक्त लामाले आफ्नो अग्रता कायम राखेका छन् ।

१ हजार ६३३ मत गणना भइसक्दासम्म लामाले ६९९ मत ल्याउँदा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार विक्रम बाबु थापाले ५६६ मत ल्याएका छन् ।

त्यसैगरी महिला सदस्यमा नेकपा एमालेकी ले ७३३ मत ल्याउँदा नेपाली कांग्रेसकीले ५१७ मत ल्याएकी छन् । दलित महिला सदस्यमा पनि एमालेको अग्रता कायम छ । दलित महिला सदस्यमा नेकपा एमालेकी उम्मेदवारले ६९० मत ल्याउँदा कांग्रेसकी उम्मेदवारले ५०५ मत ल्याएकी छन् ।

खुल्ला सदस्यमा एमालेका उम्मेदवारले क्रमश ६८८ र ६१५ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ४५६, माओवादी केन्द्रका उम्मेदवारले १९३ र जसपाका उम्मेदवारले ३७ र १८५ मत पाएका छन् । यसैगरी राप्रपाका वडा अध्यक्ष उम्मेदवार बुद्धसिंह लिम्बुले १७६ मत पाएका छन् भने राप्रपाका महिला सदस्यले १६६, दलित महिला सदस्यले १७७ र खुल्ला सदस्यहरुले १६८ र १५४ मत पाएका छन् ।

281723780_121056210595422_4994225699420395955_n