इटहरीः जारी मत परिणाम अनुसार इटहरी उपमहानगरको वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारको अग्रता कायमै छ ।

नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार माधव कोइरालाले २ हजार २५५ मत ल्याउँदा नेपाली कांग्रेसका राजु बस्नेतले १ हजार ८५८ मत पाएका छन् ।

यसैगरी महिला सदस्य, दलित महिला सदस्य र दुईवटै खुल्ला सदस्यमा समेत एमालेकै अग्रता छ । महिला सदस्यमा नेपाली कांग्रेसको १ हजार ६५७ मत पाउँदा एमालेकी उम्मेदवारले २ हजार ३०५ मत पाएकी छन् भने दलित महिला सदस्यमा एमाले उम्मेदवारले २ हजार २९५ मत पाएकी छन् ।

खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारले क्रमश २हजार ८४ र २ हजार २०८ मत प्राप्त गरेका छन् । पहिलो खुल्ला सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ३६५ मत पाएका छन् भने दोस्रो खुल्ला सदस्यमा गठबन्धनका उम्मेदवारले मत नै पाएका छैनन् ।

वडा नम्बर २ मा राप्रपाका वडा अध्यक्ष उम्मेदवारले १७१ मत ल्याएका छन् भने संघीय लोकतान्त्रिक मन्चका उम्मेदवारले ४४ र खम्बुवान राष्टिय मोर्चाले वडा अध्यक्षमा ९ मत पाएका छन् । यसैगरी राप्रपाले इटहरी २ मा महिला सदस्यमा २२८, दलित महिला सदस्यमा २४१ र खुल्ला सदस्यमा ३०२ र २४३ मत पाएका छन् । 

संघीय लोकतान्त्रिक मन्चले महिला सदस्यमा ४१, दलित महिला सदस्यमा ४० र खुल्ला सदस्यमा क्रमश ४० र ३५ मत प्राप्त गरेका छन् । यता खुल्ला बाट दलित महिला सदस्य र खुल्ला सदस्य उम्मेदवार बनेका गुलावको फुलले ६५४ र ७६५ मत पाएको छ । ७ हजार १३० मत खसेको वडा नम्बर २ मा ५ हजार ४ मत गणना गरिएको छ भने बाँकी गणना भइरहेको छ ।

281146987_121045400596503_335427971381498846_n