इटहरीः सुनसरीको धरान उपमहानगरको मत गणना आकर्षक बनिरहेको छ । बुधबार बिहानको ताजा अपडेट अनुसार २६ हजार मत गणना भइसक्दा नेकपा एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीलाई १३ सय मतको अन्तरले गठबन्धन तर्फका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् ।
धरान उपमहानगरपालिकामा खसेको ६२ हजार ६ सय ५७ मत मधये २६ हजार ८ सय ६० मत गणना सम्पन्न भएको छ । हालसम्मको परिणाम अनुसार मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राईले ७७१७, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ७४६१ र नेकपा एमालेकी मञ्जु भण्डारीले ६४२२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै गरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम वेघाले ८६७० मत प्राप्त गर्दा नेकपा एमालेका पदम इश्वोले ८३२४ मत प्राप्त गरेका छन् ।