इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका उमेश सुवेदीको प्यानलै विजयी नजिक पुगेको छ । मतगणना जारी नै रहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

सो वडाको २४५८ मत गन्दा एमालेका वडाध्यक्ष उमेश सुवेदीले ८३० मत प्राप्त गरेका छन् । कांग्रेसबाट बिद्रोह गरि कैंची चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका तुला लिम्बूले ६९७ मत प्राप्त गरेका छन् । लिम्बू र सुवेदी बीचको मत अन्तर १३३ रहेको छ । अब ४७३ मत गन्न बाँकी रहेको छ । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका निर्वतमान वडाध्यक्ष बालकृष्ण बिष्टले ६१३ मत ल्याएका छन् ।

०७४ निर्वाचनमा सो वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । सुवेदी शिक्षण पेशामा संलग्न थिए । सो पेशाबाट राजीनामा गरि वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
तेस्रो स्थानमा रहेका बिष्ट सो वडाका निर्वतमान वडाअध्यक्ष थिए । सो वडामा नेपाली कांग्रेसले टिकट वितरणमा अन्याय गरेको भन्दै कांग्रेसकै तुला लिम्बूले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनि कैंची चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वतमान वडाअध्यक्ष विष्टलाई नै पुनः टिकट दिएपछि नेपाली कांग्रेस भित्र चरम असन्तुष्टि बढेको थियो ।