इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाको वडा नम्बर ९ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार रुपेश आचार्यको प्यानलनै विजयी बनेको छ ।
मंगरबार राती आएको मतगतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार रुपेश आचार्यले ८९७ मत ल्याएर निवार्चित भएका छन् ।
उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरेका छन् राईले ५४६ मत प्राप्त गरे । वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन् भने दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरिन् ।
खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत र शरदरत्न पार्थिवले ७७९ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १६ मत प्राप्त गरिन् ।