धरानः पार्टीले टिकट नदिएपछि बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका धरान ६ का भुपेन्द्र भट्टराई वडाअध्यक्षमा निवार्चित भएका छन् ।

२०७४ सालमा टिकट पाएता पनि हार व्यहोरेका उनले यसपाला टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । भट्टराईले निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् ।

भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा उनी एमालेका भुवनसिंह बस्नेतसँग पराजित भएका थिए । यसपाली पार्टीले निकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।

वडा सदस्यमा भने चारै जना एमाले उम्मेदवार विजयी भएका छन् । महिला सदस्य यशोदा सुवेदी १४४४, दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा १४२६, खुला सदस्यमा नारायण निरौला १५६७ र राजेन्द्र न्यौपाने १४१३ मत पाएर निवार्चित भएका छन् ।