इटहरीः झापा जिल्लाको हल्दिबारी गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै राप्रपाले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिकासमेत रहेको हल्दिबारीको अध्यक्षमा एमाले उम्मेदवारलाई हराउदै राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मी मैनाली विजयी बनेका छन् ।
अध्यक्षमा लिँगदेनले ६ हजार ८५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरेका थिए ।
यता उपाध्यक्षमा एमालेकी शान्तिदेवी गौतमलाई पराजित गर्दै राप्रपाका लक्ष्मी मैनाली विजयी भएका हुन् । मैनालीले ५ हजार ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १६ मत प्राप्त गरिन् ।