बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसमा रमेश कार्की अग्रस्थानमा देखिएका छन् ।

११ हजार २ सय ७९ मत गन्दा कांग्रेसका मेयर पदका उम्मेदवार कार्कीले ४६२९ मत प्राप्त गरि अग्रता लिएका छन् । उनलाई निर्वतमान मेयर नेकपा एमालेका निलम खनालले पछ्याईरहेका छन् । खनालले ३६४२ मत प्राप्त गरेका छन् । खनाल भन्दा कार्की ९८७ मतले अगाडि छन् । बराहक्षेत्र नगरपालिकामा ४३०५७ मत खसेको थियो ।