खोटाङः जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिको नेकपा एमाले गाँउपालिका कमिटि अध्यक्ष कृष्ण कार्कीले पार्टी हार बेहोरेपछि नैतिकतामा आधारमा राजीनामा दिएका छन् ।
आफ्नो वडामा पार्टीले हार बेहोरेपछि कार्कीले राजिनमा दिएका हुन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि गाउँपालिका कमिटी अध्यक्ष कार्कीले आइतबार विज्ञाप्ती जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।

वडामा एमालेले नराम्रो हार बेहोर्नु परेकाको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताए । उनि ३४ वर्षदेखि एमालेको राजीनितीमा क्रियासिल छन् ।