इटहरीः नेकपा एमालेले इटहरी १९ को वडा अध्यक्षमा विजय हासिल गर्दै इटहरीमा खाता खोलेको छ । तीन वटा वडाको परिणाम आइसक्दा वडा नम्बर १ र २० कांग्रेसले जित हासिल गरेको छ भने वडा नम्बर १९ मा नेकपा एमालेका श्रीनारायण चौधरी वडा अध्यक्षमा विजयी भएका छन् ।
स्थानीय निर्वाचन २०७४ मा पनि सोकी वडाबाट फराकिलो मत सहित वडाध्यक्षमा निर्वाचित भएका चौधरीले दोश्रो पटक नेपाली कांग्रेसका दुर्गा प्रसाद पौडेललाई ८९ मतले हराउँदै विजयी बन्न सफल बने ।
रोचक प्रसंग त के छ भने अघिल्लो २०७४ को निर्वाचनमा पनि पौडेल र चौधरीको नै प्रतिस्पर्धा भएको वडा नम्बर १९ मा चौधरीले ४ मतले जित हासिल गरेका थिए । यसपाली भने उनको मत बढेको छ ।
इटहरी १९ मा नेकपा एमालेका चौधरीले १,८८१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका पौडेलले १७९२ मत प्राप्त गरेका छन । वडा नं १९ मा एमालेका चौधरी सहित प्यानलनै बिजयी भएको हो ।