इटहरीः बैशाख ३० गते सम्पन्न इटहरी उपमहानगरपालिकाको निर्वाचनको मतगणना जारी रहेको छ । ३१ गतेबाट शुरु भएको मत गणनना अहिले पनि जारी छ ।
इटहरी उपमहानगरपालिका परिषरमा रहेको सांस्कृतिक भवनमा मतगणना जारी रहेको हो । केही बेर अघि निर्वाचन अधिकृतको कार्यालय जारी गरेको मत परिणाम अनुसार मेयर पदमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका हेमकर्ण पौडेलले अग्रस्थान कायमै राखेका छन् । उनले १० हजार भन्दा बढी मत ल्याईसकेका छन् ।
उनले ११ हजार ३०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले ९ हजार १ सय ४४ मत पाएका छन् । सुब्बा भन्दा पौडेल २१५६ मतले अग्रस्थानमा छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरमा मेयर र उपमेयर नै एमालेले जितेको लाल किल्ला क्षेत्र हो ।
इटहरी उपमहानगरको उपमेयरमा भने नेकपा एमालेकी संगीता कुमारी चौधरी निकै फराकिलो मत अन्तरले अग्रस्थानमा छिन् । उनले १०२२६ मत ल्याएकी छन् । गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवारी दिने नेकपा एकीकृत समाजवादीका केशबकुमार विष्टले ६८५० मत प्राप्त गरेका छन् । उनि संगीता भन्दा ३३७६ मतले अगाडी छन् ।
इटहरीमा चार दल बीच गठबन्धन भएपनि उपमेयर पदमा भने गठबन्धनका उम्मेदवारलाई मेयरको तुलनामा कम मत आएको र धेरै मत एमालेकी संगीता आएपछि इटहरीको राजनितिक बृत्तमा अनेक खालका चर्चा परिचर्चा समेत शुरु भएको छ ।