इटहरीः नेकपा एमालेबाट पुनः इटहरीको मेयरमा आफुलाई मेयरको टिकट नदिएकोमा झोकमा हालका मेयर द्धारिकलाल चौधरीले पार्टीका तर्फबाट मेयरका उम्मेदवार यामकुमार सुब्बालाई हराउन लागि परेको बिषयले यतिबेला इटहरीको राजनितिक बृत्तमा चर्चाको बिषय बनेको छ ।

बिभिन्न वडाको मत परिणाम आउन थालेपछि एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार याम कुमार सुव्बालाई प्राप्त मत परिणामबाट कांग्रेसका मेयर पदका उम्मेदवार हेमकर्ण पौडेललाई नै फाईदा पुगेपछि एमालेमा चरम असन्तुष्टि बढेको छ । असन्तुष्टिका बीच हालका मेयर द्धारिकलाल चौधरीले आफ्नो फेसबुकमा जथाभावी स्टाटस हाल्न थालेपछि पार्टी भित्रको विवाद छताछुल्ल नै भएको छ । हिजोबाट फेसबुकमा एमालेका नेता कर्यकर्ता र समर्थक बीच वाक युद्ध नै चलेको छ ।

एमालेबाट ०७४ सालको निर्वाचनमा मेयर पदमा निर्वाचित अराजक मेयरका रुपमा परिचित द्धारिकलालले हिजो इटहरीमा यारेलको छटपटी भन्दै फेसबुकमा स्टाटस हालेपछि फेसबुकमा एमालेहरु बीच नै वाक युद्ध चलेको हो । आज बिहान द्धारिकलालले एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीसंग खिचेको तस्विर हालेर १ प्रतिशतले ९९ प्रतिशतलाई शासन गर्न खोज्ने भन्दै अर्को स्टाटस लेखेपछि अनेकौ टिका टिप्पणी हुनुका साथै वाक युद्ध थप चर्किएर गएको छ ।

280530276_2320643601450069_2141275727122016281_n

एमालेको इटहरी र जिल्ला नेतृत्वमा निर्वाचनको सबै मतपरिणाम घोषणापछि पार्टीले निर्वाचनको समिक्षा गर्ने भएको छ । सो बेला द्धारिकलालले गरेका हर्कत र फेसबुकमा शुरु गरेको वाक युद्धका बिषयमा पनि संगिन रुपमा छलफल गरिने एक नेताले जानकारी दिए ।

इटहरीका मेयर चौधरीले मंगलबार बिहानै आफ्नै पार्टी पङ्गी बिरुद्ध इटहरीमा यारेलको छटपटी भन्दै स्टाटल हानेका चौधरीलाई एमाले इटहरीका सचिवले नै कत्तिमा विक्नु भयो भनेर प्रश्न गरेका थिए । सोहि प्रसंगलाई लिएर मंगलबार फेसबुक र इटहरी भरी द्धारिकलाल र एमालेको नै चर्चा भइरहयो ।

पार्टीमा भएको चरम विवादलाई लुकाउँदै एक भएको संकेत दिएर चुनावमा होमिएको एमाललेले आफ्नी उपमेयर उम्मेद्वारलाई जिताउन र मेयर पदका उम्मेद्वारलाई हराउँन खुलेरै लागेको संकेत मिलेको छ ।मेयर पदका उम्मेद्वारको मत परिणाम कम आउँदै गर्दा र उपमेयरको मत बढ्दै जाँदा पार्टी पंत्तिमै द्धारिकप्रति असन्तुष्टि बढाएको पाइएको छ ।

मगंलबार चौधरीले मेयर पदका उम्मेद्वार तथा पार्टीको इटहरी नगरकमिटीका अध्यक्ष याम कुमार सुव्बालाई इंकित गर्दै नगरपालिकामा लिम्बुको बोर्ड झुण्डियाउन सजिलो भएपनि चुनाव जित्न गाह्रो छ भन्ने ठाडो स्टाटस फेसबुकमा हालेपछि पार्टीमा चरम असन्तुष्टि र विवादपछि स्टाटल हटाएका छन् ।

278538613_766936560962818_260025799875966727_n

उनले बिहानै आफुलाई मेयर पदमा टिकट नदिएको संकेत गर्दै केपी ओलीसँग लिइएको तस्विर फेसबुकमै सार्वजनिक गरेका थिए । तस्विरमा १ प्रतिशतले ९९ प्रतिशतमाथि शासन गर्ने ? इटहरीले अस्वीकार गर्यो भन्दै याम कुमार सुव्वाको उम्मेद्वारीलाई नै प्रहार गरेका थिए । चौधरीले फेसबुकमा जथाभावी लेख्न थालेपछि कमेन्टको बर्षा भएको छ । कतिपयले उनलाई कमेन्टमै गाली बर्साएका छन् । भारी गालीको बर्षा भएपछि चौधरीले पोष्ट डिलेट गरेका छन् ।

278657685_377013531059553_4133976523660858202_n