पाँचथरः पाँचथर जिल्लाको तुम्वेवा गाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले जित हासिल गरेका छन् ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेद्वारले जित हासिल गरेका हुन ।
पालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का २ हजार ७१८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गोविन्दबहादुर तामाङले २ हजार ३११ मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनबाट खड्गसुन्दर सम्वाहाम्फे २ हजार ७०८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दकुमारी विश्वकर्माले २ हजार ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।