ओखलढुँगाः ओखलढुगाँको सिद्धिचरण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तेजन खनाल विजयी भएका छन् । खनालले ६ हजार ७९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

खनालले प्रतिस्पर्धीलाई एक हजार भन्दा बढि मतले पछि पार्दै विजय बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत प्राप्त गरेकी छन् । यसैगरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका केदारबाबु बस्नेत विजयी बनेका छन् ।

बस्नेतले ५ हजार ६९८ मत प्राप्त गरी विजयी भएका हुन ।बस्नेतका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरेका थिए ।

नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एउटा वडामा जित हासिल गरेको छ ।

कांग्रेसबाट वडा नं.१ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् । एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं. २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् ।