इटहरीः रामधुनी नगरपालिकाको विहान ११ बजेसम्म भएको मत गणना अनुसार स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह आपँको १ मत आउँदा सुर्य चुनाव चिन्ह भएको नेकपा एमालेका मेयर पदका उम्मेदवार शंकरलाल चौधरीले ७ हजार १९१ मत पाएका छन् भने नेपाली काग्रेसमा मेयर पदका उम्मेदवार सुदिप अधिकारीले ५ हजार १ सय ४६ मत पाएका छन् ।
गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह भएको नेकपा माओवादी केन्द्रले मेयर पदमा १ हजार २४२ मत पाएको छ भने कलम चुनाव चिन्ह भएको नेकपा एसका मेयर पदका उम्मेदवार सिताराम घिमिरेले ९८ मत पाएका छन् । यता हलो चुनाव चिन्हको राप्रपाले १७१ मत पाउँदा जसपाको ढल्केको छाताले १५ मत पाएको छ ।
साइकलको ३ मत, पुतलीको ७ मत र खरायोको ३ मत आएको छ । यसैगरी उपमेयरमा सुर्य चुनाव चिन्ह भएको नेकपा एमालेकी उम्मेदवार तारा थापाले ६ हजार ७४० मत पाएकी छन् भने रुख चुनाव चिन्ह भएकी नेपाली कांग्रेसकी आशा चौधरीले ५ हजार २२० मत पाएकी छन् ।
माओवादी केन्द्रकी उपमेयर उम्मेदवार श्याम कुमारी साहले ६५७ र कलम चुनाव चिन्ह भएकी नेकपा एसकी सीता चौधरीले ५०० मत पाएकी छन् । यसैगरी राप्रपाका उपमेयर उम्मेद्वारले २९० र जसपाले १०१ मत पाएका छन् । यता साइकलले १, पुतलीले ५ र आँपले १ मत पाएका छन् ।